असोज १४, २०८३ बुधबार September 30, 2026

कुन टेलिकम नेटवर्कबाट राम्राे चल्छ इन्टरनेट ? यस्ताे छ तथ्याङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताका लागि कुन दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा राम्रो इन्टरनेट चल्छ भन्ने विषय सधैँ चासोको विषय हो । किनभने हाम्रो दैनिकीमा आज इन्टरनेट एउटा महत्वपूर्ण पाटो बन्दै आएको छ । त्यसमा पनि मोबाइल इन्टरनेटको महत्त्व छुट्टै छ ।

जहाँ फिक्स्ड इन्टरनेटको पहुँच छ, त्यस्ता स्थानमा मोबाइल डेटाको खपत कम भएपनि सामान्य रुपमा यात्राका क्रममा हामीले यसको प्रयोग गरिरहेको हुन्छौं ।

अझ फिक्स्ड इन्टरनेट नपुगेको कतिपय स्थानमा मोबाइल इन्टरनेटमार्फत नै प्रयोगकर्ता विश्व सञ्जालमा जोडिएका छन् । यस्तोमा मोबाइल इन्टरनेटको महत्व र प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।

आज देशको ९८.४६ प्रतिशत जनसंख्याको पहुँचमा मोबाइल इन्टरनेट पुगिसकेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यस्तोमा कुन मोबाइल सेवा प्रदायकको नेटवर्कबाट मोबाइल इन्टरनेट प्रयोग गर्दा राम्रो स्पिड प्राप्त हुन्छ भन्ने विषय महत्त्वपूर्ण छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर अध्ययन तथा मापन प्रतिवेदनले मोबाइल इन्टरनेट स्पिडलाई केलाएको छ ।

यसका लागि प्राधिकरणले गत पुसदेखि चैतसम्म परामर्शदाता लगाएर सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर मापन गरेको थियो । प्रतिवेदनका आधारमा हेर्ने हो भने दूरसञ्चार सेवा प्रदायक हरेक हिसाबले ग्राहकलाई गुणस्तरीय सेवा दिनबाट चुकेका छन् ।

टेलिफोन र मेसेजका साथै इन्टरनेट ब्राउजिङमा समेत चुकेका सेवा प्रदायकको मोबाइल इन्टरनेट स्पिड पनि सन्तोषजनक देखिँदैन ।

यो अध्ययन प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा गरिएको थियो । तीन ओटा सेवा प्रदायकअनुसार फरक–फरक गरिएको अध्ययनले डाउनलोड र अपलोडका आधारमा गति तय गरेको छ ।

त्यसैका आधारमा यहाँ हामी कुन सेवा प्रदायकको कुन प्रदेशमा कति स्पिड दिइरहेका छन भन्ने विषयमा यहाँ जानकारी  दिँदैछौं ।

यो तथ्याङ्कमा दूरसञ्चार सेवा प्रदायकको टुजी, थ्रिजी, फोरजी सबैमा परिक्षण गरिएको थियो । त्यसका आधारमा प्रतिवेदनले कुन सेवा प्रदायकको कुन स्थानमा कति डाउनलोड स्पिड रहेको छ भन्ने विषयमा जानकारी दिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार