बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जनताले भ्रष्टाचार रोकिएको अनुभूति गर्न सकेनन् : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार रोकिएको अनुभूति हुन नसकेको बताएका छन् ।

‘हामीले भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं भनेका छौँ, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो’ नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले भने ‘तर स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् ? भनेर हेर्यो भने ग्राफचाहिँ राम्रो देखिँदैन ।’

राम्रो काम गरियो भने पनि जताततै बढेको निराशाका कारण केही पनि ठीक नभएको जस्तो देखिएको उनको ठहर छ । प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनता विरोधी जस्तो देखिएको बताएका छन । उनले थपे ‘यसले गर्दा जनताले झन् असुविधा महसुस गरेका छन् र कता–कता उकुसमुकुस भएजस्तो स्थिति छ ।’

भर्खरै सम्पन्न नेकपाको केन्द्रीय समितिको बैठकमा सामूहीकता र अन्तर्घुलनको नयाँ ‘फ्युजन’ प्रस्तुत भएको पनि उनले बताएका छन । केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएको र त्यो अभियानात्मक रुपमा अगाडि बढेको उनको दावी थियो ।

राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउन उद्योगी व्यवसायीको ध्यान जान जरुरी रहेको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया