असोज १४, २०८३ बुधबार September 30, 2026

यस्तो छ टीभीएसले आजबाट बजारमा ल्याउने नयाँ मोटरसाइकल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः टीभीएस मोटर्सले आज जुलाई ६ तारिखमा बजारमा ल्याउने मोटरसाइकल ‘रोनीन’को तस्वीर इन्टरनेट मार्फत सार्वजनिक भएको छ । बजारमा आउनु दुई दिनअघि नै रोनीनको तस्बीर बाहिर आएको थियो ।

सार्वजनिक तस्वीरका अनुसार रोनीन ‘निओ क्लासीक क्रुजर डिजाइन’मा देखिएको छ । यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । साथै, साइड लुक्स र पछाडिको भाग ‘वर्ल्ड स्कुल’ डिजाइनमा देखिएको हो ।

अहिले देखिएको डिजाइन र फिचरलाई हेर्दा टीभीएसले यो मोटरसाइकललाई प्रिमियम सेग्मेन्टमा ल्याउने अनुमान गर्न सकिन्छ । यसमा गोल्डेन कलर इन्भर्टेड टेलिस्कोपीक सस्पेन्सन, अलोय ह्वील, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल जस्ता फिचर देख्न सकिन्छ ।

सिंगल पड राउन्ड इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी टर्न इन्डिकेटर, डिजिटल क्लस्टरका साथै स्मार्ट कनेक्ट फिचरसमेत रहने अनुमान गर्न सकिन्छ । यसको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान सुरु भएको छ ।

टीभीएस रोनीनमा २२५ सीसी क्षमताको इन्जिन रहने अनुमान गरिएको छ भने यो इन्जिनले २० पीएस पावर प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स जडान हुनेछ । रोनीन यो सेग्मेन्टमा टीभीएसको पहिलो मोटरसाइकल हुनेछ । हाल टीभीएसँग १०० सीसीदेखि ३१० सीसीका मोटरसाइकल रहेका छन् । मेरो अटो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार