असार २४, २०८२ मंगलबार July 8, 2025

रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन् । ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन् । यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् ।

गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको थियो । खार्किभमा रुसले तीब्र मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ब्राजिलका पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।

अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । आइएसआईएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो उनले युट्युब राखेकी थिइन् ।

उक्त भिडियोलाई हजारौँले हेरेका थिए । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन् । उनी एनजीओहरूसँग पशु उद्धारमा पनि भाग लिएकी थिइन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार