असार २४, २०८२ मंगलबार July 8, 2025

चिनियाँ चेलीलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।

देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।

गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या  एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको सङ्ख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ ।

नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको सङ्ख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।

दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । एक महिला उक्त सुविधाबाट वञ्चित छन् ।

चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ ।

गत वर्ष, बेइजिङले नयाँ जनसङ्ख्या र परिवार योजना कानून जारी ग¥यो जसले चिनियाँ दम्पतीहरूलाई तीनवटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीहरूमा नरहेको बताइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार