बैसाख २२, २०८३ मंगलबार May 5, 2026

शिक्षा क्षेत्रमा सुधारले मात्रै पुग्दैन क्रान्ति नै गर्नुपर्छ : धर्मराज शाही (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचित भएपछि पहिलो गाउँसभा सकिसक्नु भएको छ । रास्कोटलाई समृद्ध बनाउन के–के योजना प्रस्ताव गर्नुभयो त ?
नगरपालिकामा पहिलो पटक केही नयाँ काम गर्न खोजिरहेको छांै । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रम समावेश गरेका छौं । नगरबस सन्चालन, सामाजिक सुरक्षा भत्ता घरदैलोमै पु¥याउने लगायत योजना बनाएका छौं । साथै, नागरिकको स्वास्थ्यलाई ध्यान दिएर ‘हेलो मेयर, हेल्थ केयर’ कार्यक्रम सन्चालन, अस्वस्थ, असाह्य, वृद्धवृद्धा, असक्त, सुत्केरी महिला, पालिकास्तर, स्थानीय स्तरमा उपचार पाउन नसकेका नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याएका छौं ।

नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण, घटना दर्ता लगायतका सेवाका लागि शिविर सन्चालन, रास्कोट क्याम्पसका लागि आवश्यक संरचना निर्माणलाई पनि प्रथमिकता दिएका छौं ।

यी योजना मात्रैले नगरपालिका आत्मनिर्भर र नगरवासी रोजगार बन्लान र ?
यसको जवाफ निकै जटिल छ । आत्मनिर्भर नभए रोजगारी सिर्जना हुँदैन, रोजगारीविना आत्मनिर्भर हुन सकिँदैन । नगरपालिकामा बेरोजगारी समस्या विकराल जस्तै छ । विशेषतः युवाहरू जो अर्थतन्त्रको मेरुदण्ड समेत हुन् उनीहरूलाई रोजगार बनाउन नसकिए देश बलियो हुँदैन । सोही अनुसार सरकारले लिएको तीन खम्बे अर्थनीति (सरकारी, नीजि र सहकारी) अनुसार हामी पनि काम गरिरहेका छौं ।

साना उद्योग सन्चालन, उत्पादित वस्तुको बजारीकरणलाई जोड दिएका छौं । स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, सिस्नु, फापर, मकै, कोदोलगायत अन्नबालीका सम्भावित परिस्कृत रुप के हुन सक्छ ? त्यसको अध्ययन गरेर युवालाई सन्चालन गर्न प्रोहोत्साहित गर्ने लक्ष्य राखेका छौं ।

उपभोक्ताहरू कालो बजारी र मुल्यवृद्धिबाट आजित छन् । यसलाई कसरी समायोजन गर्ने योजना छ त ?
मैले अघि पनि भने यहाँ उत्पादन भएका वस्तुको बजारीकरण गर्न, दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्न सुपथ मूल्य पसल सन्चालन गर्ने योजना छ । स्थानीय तहका उत्पादनलाई विषेश ध्यान दिएर यी पसल सन्चालनमा ल्याउने सोचेको छौँ । महंङ्गी र कालोबजारी अन्त्य गर्नका लागि सुपथ मूल्य पसलले सहयोग गर्नेछन् । यसका लागि स्थानीय सरकारले स्थानीय, सहकारी वा समूहसँग सल्लाह गरेर काम अगाडि बढाउनेछ ।

कालीकोट रास्कोट नगरपालिका तीन तहको भू–भागमा पर्छ । यी भू–भागलाई कसरी सदुपयोग गर्नुहुन्छ ? 
नगरपालिकाको तल्लो भागमा सुन्तला, केरा र आँप उत्पादन हुन्छन् । माथिल्लो भागमा स्याउ र ओखर उत्पादन हुन्छन् । बीचको भागमा अन्य नगदे खाद्य्यबाली र फलफूल उत्पादन हुन्छन् । प्राकृतिक हिसाबले रास्कोट नगरपालिका बरदानका रुपमा रहेको छ । अब माटो परीक्षण गरेर कुन क्षेत्र, कुन ठाउँमा कुन बाली फल्छ भनेर योजना अघि बढाउने छौँ । व्यवस्थित रुपमा अन्नबाली, नगदेबाली र फलफूल उत्पादनमा जोड दिने लक्ष्य छ ।

शिक्षा क्षेत्रको विकासका लागि के गर्नुभएको छ ?
तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर, भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

स्वास्थ्यमा  पनि एमडीस्तरका चिकित्सकले सेवा दिइरहेका छन् । अब एमडिजीपी डाक्टर ल्याउने तयारीमा छौं । सडक पनि कालोपत्रे हँुदैछ । खानेपानी, नगरभित्रको रिङ रोड बनेको छ । खानेपानी प्रायः सबै घरधुरीमा पुगेको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार