श्रावण २७, २०८३ बुधबार August 12, 2026

फेसबुकमा विज्ञापन आएर हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फेसबुकमा देखिने जथाभावी विज्ञापनले तपाईंलाई पनि वाक्क बनाएको होला । फेसबुक सामाजिक सञ्जालमात्र नभई वर्तमान समयमा मार्केटप्लेसको रुपमा समेत विकास भएको छ ।

विभिन्न विज्ञापन राखेर धेरै व्यक्तिसमक्ष आफ्नो व्यवसायबारे जानकारी पुर्‍याउन सकिन्छ । तर आफ्नो इच्छाविपरीत अनावश्यक विज्ञापन आएर हैरान पनि बनाउँछ ।

तपाईंले आफ्नो रुचिअनुसार कस्तो विज्ञापन फेसबुकमा देख्ने भनेर मिलाउन सक्नुहुन्छ । यसका लागि पहिले आफ्नो अकाउन्टको सेटिङमा जानुहोस् ।

त्यसपछि तल रहेको Ads लाइ क्लिक गर्नुहोस् ।

यसमा तपाईंले एड्भटाइजर्स (advertisers ), एड सेटिङ (Ad setting) देख्न सक्नुहुन्छ । एड प्रेफरेन्स परिवर्तन गर्दा तपाईंको रुचि अनुरुपको एड देखाउँछ । तर एड देखिने संख्या कम गर्ने भन्नेचाहीँ हुदैन ।

Advertisers  सेक्सनमा तपाईंले भर्खर भर्खर हेरेको र क्लिक गरेको एड देखाउँछ । यी एडहरु फेसबुकले तपाईंको फेसबुक गतिविधि हेरेर तपाईंका लागि उपयुक्त मानेको एड हो । आफूलाई चित्त नबुझेको एड तपाईंले नदेखिने बनाउन अर्थात् हाइड (Hide) गर्न पनि सक्नुहुन्छ ।

एड्भर्टाइजरबाट एड हाइड गर्न hide ads बटनमा क्लिक गर्न गर्नुहाेस् । त्यस्तै तपाईंले Advertisers whose ads you’ve clicked मा गएर पनि आफूले क्लिक गरेका एड्सहरु हाइड गर्न सक्नुहुन्छ ।

त्यस्तै Ad Topics मा गएर आफूलाई रुचि नभएको वा चित्त नबुझेको विषय सर्च गरेर नो प्रिफरेन्समा (No Preference) सेलेक्ट गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले आफूलाई चित्त नबुझेका वा रुचि नभएका एडहरु नदेखिने बनाउन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार