असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ ।

उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार