श्रावण २७, २०८३ बुधबार August 12, 2026

म्यासेन्जरमा डिलिट भएका म्यासेज हेर्ने तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामीले फेसबुक म्यासेन्जरमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा वा अन्य कुनै कारण हामी हत्तपत्त म्यासेज डिलिट गर्छौं ।

जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेशन प्राप्त गरेपनि उसले म्यासेज डिलिट वा अनसेन्ट भएको सन्देश देख्छ । यस्तो अवस्थामा म्यासेजलाई लिएर धेरै खुल्दुली मनमा हुन्छ । डिलिट भएको म्यासेज पढ्न मिल्ने सुविधा फेसबुकले आधिकारिक रुपमा उपलब्ध गराएकाे छैन ।

तर, डिलिट भएको म्यासेज पढ्न सकिने जुक्ति भने छ, जुन एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । अहिले एन्ड्रोइड प्रयोगकर्तालाइ लक्षित केही थर्ड पार्टी एप बनेका छन्, जसको सहायताले डिलिट गरिएको मेसेन्जरको म्यासेज हेर्न सकिन्छ । यसअन्तर्गत आज हामी डब्लूएमएआर ‘WMAR को प्रयोग गरी यो टिप्स तयार पार्दैछौं ।

१. यसका लागि पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् ।

२. एप इन्स्टल गर्नुहोस् ।

३. एप ओपन गर्नुहाेस् र डिस्क्लेमर पढेर Accept गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।

४. त्यसपछि तपाईंले डिलिट भइकाे म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नुहोस् । अहिले हामी मेसेन्जरको लागि मात्र परीक्षण गर्नेछौं ।

५. त्यसपछि सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जानुहोस् ।

६. नोटिफ़िकेसन रिडर इनेबल गर्नुहोस् ।

७. यति गरिसकेपछि तपाईं अब मेसेन्जरमा आएको डिलिटेड म्यासेज एपमा गएर हेर्न सक्नुहुन्छ ।

एप इन्स्टल गरेपछि डिलिट गरिएको म्यासेजमात्र एपमा गएर हेर्न सक्नुहुन्छ । एप इन्स्टल हुनुभन्दा अघिका म्यासेज भने डिलिट गरेपनि हेर्न सकिने छैन ।

हालसालै प्राप्त भएको, तर हेर्न नभ्याएको म्यासेज यदि डिलिट भएको रहेछ भने मात्र यो प्रक्रिया उपयोगी हुन्छ । यो एपको प्रयोगबाट डिलिट गरिएका टेक्स्ट म्यासेज मात्र हेर्न सकिन्छ । लिंक, फोटो, भिडिओहरु भने हेर्न मिल्दैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार