असार २४, २०८२ मंगलबार July 8, 2025

श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।

‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) का महासचिव सागरा करियावासमले रोयटर्सलाई भने ।

देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपतिगोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ ।

पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए ।सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिप्ट सिंगापुर पुगेका थिए ।

श्रीलंकामा चरम आर्थिक संकट निम्त्यिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार