असार २४, २०८२ मंगलबार July 8, 2025

जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू)का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् ।

दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी कब्जामा रहेका क्षेत्रमा ६० भन्दा बढी पूर्वकर्मचारीहरु युक्रेनविरुद्ध काम गरेको आरोप लगाए ।

सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले जनाएको छ । बर्खास्त गरिएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्तोभाले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।

‘यी प्रत्येक प्रश्नले उचित जवाफ पाउनेछ’, युक्रेनी राष्ट्रपतिले भनेका छन् । बर्खास्तगीमा परेकामध्ये एसबीयू प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार