असोज १६, २०८३ शुक्रबार October 2, 2026

गुगल म्याप्समा आफ्नो ठेगाना परिवर्तन गर्ने तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गुगल म्याप्स विश्वकै सर्वाधिक लोकप्रिय म्याप तथा नेभिगेसन एप हो । दैनिक दशौँ लाख प्रयोगकर्ताले गुगल म्याप्स प्रयोग गर्छन् ।

पछिल्लो समय कुनै ठाउँ वा कार्यालय जानपरे हामीले गुगल म्याप्सको मद्दत लिन्छौं । अनलाइन बजार, राइड शेयरिङ सेवा तथा ई-कमर्सको प्रचलन बढ्दा अझ नेभिगेसन एपको प्रयोग बढिरहेको छ ।

पहिले सेट भएको आफ्नो ठाउँको ठेगाना यसरी अपडेट गर्नुहोस्

तपाईंले आफ्नो फोनमा रहेको गुगल म्याप्सको एपबाट यसरी सजिलै आफ्नो घरको एड्रेस अपडेट गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले गुगल म्याप्स एपमा जानुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङमा जानुहोस् ।
  • अब इडिट होम अर वर्क (Edit home or work) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ वर्क र होम भन्ने दुई ओटा अप्सन देख्न सकिन्छ ।
  • आफूले परिवर्तन गर्न चाहेको वर्क वा होमको कुनै एउटा अप्सन पछाडि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
  • मानौं तपाईंले वर्कप्लेस परिवर्तन गर्न चाहनुभयो । अब त्यहाँ तीनवटा डटमा ट्याप गरिसकेपछि इडिट वर्क भन्ने अप्सन देखिन्छ । माथि सर्च बक्समा आफूले काम गर्ने ठाउँको एड्रेस टाइप गरेर वा म्यापबाट छानेर अहिले काम गरिरहेको ठाउँको लोकेसन सेट गर्न सक्नुहुन्छ ।
  • त्यसपछि डन (Done) मा ट्याप गर्नुभयो भने तपाईंको नयाँ लोकेसन सेट हुन्छ ।

डेस्कटपमा यसरी अपडेट गर्नुहोस्

  • आफूले प्रयोग गरिरहेको ब्राउजरमा गुगल म्याप्स खोल्नुहोस् ।
  • त्यसपछि योर प्लेस (Your place) अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि लेबल्ड (Labelled) अप्सनमा क्लिक गर्नुहोस् ।
  • सेट अ होम एड्रेसमा क्लिक गरेर सर्च बारमा नयाँ ठेगाना छान्नुहोस् ।
  • त्यसपछि सेभ गर्नुहोस् । –टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार