असोज १६, २०८३ शुक्रबार October 2, 2026

यसरी थाहा पाउनुहोस्, ह्वाट्सएपमा आएको मेसेज फर्जी हो कि होइन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा हरेक दिन अरबौँ मेसेज आदानप्रदान हुन्छन् ।

ह्वाट्सएपमा यसरी पठाइने मेसेजहरुमध्ये ठूलो संख्यामा फेक अर्थात् फर्जी मेसेजहरु समेत हुने गर्दछन् । विश्वमा अफवाह फैलाउनका लागि समेत ह्वाट्सएपको दुरुपयोग हुने गरेको छ ।

कहिलेकाहीँ प्रयोगकर्ताहरुले अन्जानमै फर्जी खबर तथा अफवाह फैलाउने मेसेज शेयर गरेको पाइन्छ । त्यसैले यदि थोरैमात्र पनि सावधानी अपनाउने हो भने ह्वाट्सएपमा आएको कुनैपनि मेसेज, कुनै दाबी वा कुनै खबर फर्जी हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ । ह्वाट्सएपको फर्जी मेसेज पत्ता लगाउने चारवटा तरिका यस्ता छन् :

१. एकीन गर्न कठीन हुने मेसेजहरुको जाँच गर्नुहोस् : कहिलेकाहीँ ह्वाट्सएपमा यस्ता मेसेज पनि आउँदछन् जुन पत्याउन गाह्रो पर्दछ । यस्ता मेसेजहरुमा प्रायः झुटो विवरण हुने गर्दछ ।

त्यसैले यदि त्यस्तो मेसेज प्राप्त भयो भने त्यसमा कत्तिको सत्यता छ भनेर अन्य श्रोतबाट पत्ता लगाउनुहोस् । आमरुपमा यस्ता मेसेजहरु ब्रेकिङ न्यूजका रुपमा आउने गर्दछन् ।

२. उस्तै देखिने खालका मेसेजबाट जोगिनुहोस् : कहिलेकाहीँ ह्वाट्सएपमा यस्ता मेसेज पनि आउँदछन् जसमा हिज्जेमा समेत गल्ती हुन्छ तर आधिकारिक साइट वा संस्थाको जस्तै गरी झुक्काउँछन् । यस्ता अधिकांस मेसेज फर्जी तथा झुटो हुन्छन् । यस्ता मेसेजलाई नखोलीकन तुरुन्तै डिलिट गरिहाल्नुहोस् ।

३· लिंक जाँच्नुहोस् : कहिलेकाहीँ यस्तो पनि लाग्दछ कि ह्वाट्सएपमा रहेको लिंक कुनै परिचित वा चर्चित वेबसाइटको हो । तर प्रायः त्यस्तो साइटको लिंकमा गलत हिज्जे वा रङ हुन्छ । त्यसैले त्यस्तो कुरामा ध्यान दिनुभयो भने त्यो फर्जी मेसेज हो भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

४· फरवार्ड गरिएको मेसेज चिन्नुहोस्ः ह्वाट्सएपले सन् २०१८ मै मेसेज फरवार्डको फिचर थप गरेको थियो । यसबाट प्रापकले कुन मेसेज फरवार्ड भएर आएको हो र कुन चाहीँ प्रेषकले सिधै पठाएको हो भन्ने पत्ता लगाउन सक्दछन् ।

फरवार्डेड मेसेज आयो भने त्यसको तथ्यजाँच गर्नुहोस् । उक्त मेसेज तथा गरिएको दाबीका बारेमा गुगल सर्च वा कुनै भरपर्दो श्रोतबाट पनि सत्यता थाहा पाउन सक्नुहुन्छ । आफूलाई प्राप्त भएको फरवार्डेड मेसेज अरुलाई फरवार्ड नगर्नुहोस् । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार