असोज १६, २०८३ शुक्रबार October 2, 2026

आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हँंदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।

यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुस्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पाेखरा आइपुगेकाे उनले बताए ।

भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको पुगेका छन् । भेला भोलि शनिबारसम्म चल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार