असार २४, २०८२ मंगलबार July 8, 2025

श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन् ।

दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् ।

पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए । ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारीविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

विक्रमासिंघेले बिहीबार राष्ट्रपतिको सपथ लिएपछि विरोध प्रदर्शन मत्थर भएको छ । राष्ट्रपतिलाइ देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिने प्रदर्शनकारीले बताएका छन् ।

यसैबीच, राजापाक्षेका वफादार तथा वरिष्ठ राजनीतिज्ञ दिनेश गुणवर्द्धनाले प्रधानमन्त्रीको सपथ लिएका छन् । विक्रमासिंघेको पुरानो जुत्तामा पाइला राख्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार