असार २४, २०८२ मंगलबार July 8, 2025

रुस र युक्रेनबीच अन्न निर्यात सम्झौतामा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ । युक्रेन संकटका कारण विश्वमा खाद्यन्न आपूर्तिमा अभाव देखिएको थियो ।

२४ फेब्रुवरीमा रुसी हमलापछि लाखौँ मानिस आवश्यक खानेकुराबाट बञ्चित थिए । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह शुक्रबार इस्तानबुल पुगेका थिए । सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै,,ब्ल्याकसी मार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ। जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलर मूल्य बराबरको अनाज बिक्रीमा रहेको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार