असार २४, २०८२ मंगलबार July 8, 2025

माल्दिभ्सका राष्ट्रपतिले आगामी हप्ता भारत भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्नुहुने भएको छ । दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उहाँ भारत आउन लाग्नु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आगामी अगस्ट १ देखि ४ सम्म सोलिह भारत भ्रमणमा रहने जानकारी दिनुभयो ।

सोलिहको औपचारिक भ्रमण टोलीमा माल्दिभ्सका अरु उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी लगायतको समेत सहभागिता हुने पनि उहाँले बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा भारतका व्यवसायीहरुसँग लगानी र व्यावसायिक सहकार्यका बारेमा छलफल गर्नुहुने भएको छ ।  भारत भ्रमणको सिलसिलामा उहाँ मुम्बइ पनि जानेगरी भ्रमण तालिका तय भएको अधिकारीहरुले जनाएका छन् ।

“छिमेकीलाई पहिलो प्राथमिकता” भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउदै लगेको विदेश मन्त्रालयले जनाएको छ । भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रुपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरुको भनाई छ । पछिल्लो समय भारत र माल्दिभ्सको सहकार्य तीव्र रुपमा बढ्दै गइरहेको विदेश मन्त्रालयका प्रवक्ता बागचीले दावी गर्नुभयो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार