असार २५, २०८२ बुधबार July 9, 2025

युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु: रुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले  रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा  रहेका ४०  युद्ध बन्दीलाई मारेको बताएको छ ।

मन्त्रालयले “४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको” बताएको छ । साथै, पूर्व-परीक्षण हिरासत केन्द्रका आठ कर्मचारीहरू पनि सो आक्रमणमा गम्भीर घाइते भएको,” स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । मन्त्रालयले  सो आक्रमण आत्मसमर्पण गर्ने  सोच बनाएका युक्रेनी सैनिकहरूलाई  भयभीत पार्ने उद्देश्यले गरेको “उत्तेजक उत्तेजना” भनेको छ।

त्यसैगरी युक्रेनले भर्खरै खेरसनस्थित एक महत्त्वपूर्ण पुलमा आक्रमण गरी यातायात बन्द गरेको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको खेर्सन क्षेत्रमामा रहेको सो पुल पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एन्टोनिभस्की पुल नदीको किनारमा खेरसनको महत्त्वपूर्ण शहर हो र रुसले नियन्त्रणमा लिएपछि नियुक्त नगर प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले रुसको आरआईए समाचार एजेन्सीलाई बताएअनुसार आक्रमणपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको  छ ।

युक्रेन र रुस अनाज आपूर्ति सम्झौतामा सहमत भएको एक दिन पछि सो आक्रमण भएको हो ।  पछिल्ला हप्ताहरूमा पश्चिमी देशहरूबाट आपूर्ति गरिएको लामो दूरीको तोपखानाको प्राप्तिसँगै उत्साहित युक्रेनी सेनाले रुसद्वारा नियन्त्रित दक्षिणी खेरसन क्षेत्र फिर्ता गर्न सङ्घर्ष गरिरहेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार