असार २४, २०८२ मंगलबार July 8, 2025

इरानमा बाढीपहिरोः मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो, ४५ जना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप–प्रमुख नेजाद जहानीले अर्धसरकारी तास्निम न्यूज एजेन्सीलाई बताए । देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको छ ।

उद्धारलाई बढाी प्रभाबित तेहरान प्रान्तको फिरुज्कुह काउन्टीमा केन्द्रित गरिएको र बाढीले अवरुद्ध गरेका सडकहरू पुनः खाल्ने काम गरिएको इरानी रेडक्रिसेन्ट सोसाइटीका अध्यक्ष पिर–होसिन कोलिभान्डले बताए ।

उद्धार कार्य जारी रहेकाले घाइते तथा मृतकको संख्या थप बढ्ने सम्भावना रहेको जाहानीले बताए । बाढीका कारण इस्फाहान प्रान्तका १८ जिल्लामा अनुमानित २८ करोड १२ लाख अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।

बाढीले चार हजार हेक्टर खेतीयोग्य जमिन, ५० हेक्टर क्षेत्रफलमा बगैँचा, ३०सामुहिक पशुपालन केन्द्र र १० माछा खेती फार्मलाई प्रभावित बनाएको इस्फाहान, प्रकोप व्यवस्थापन संगठनका महानिर्देशक मनसौर शिशफोरशले बताए ।

उनले प्रदेशमा भीषण वर्षाका कारण ९८ किमी सडक र ६१ वटा भवन तथा पुलमा पनि क्षति पुगेको उल्लेख गरे । इरानमा भारी वर्षा सोमबारसम्म जारी रहने अनुमान गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार