बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रुपमा लिनुपर्दो रहेछ : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक राजनीतिक अस्थिरताबाट स्थिरतामा प्रवेश गरेको बताएका छन्।

शनिबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले सरकार बन्ने र ढल्ने क्रममा एउटै पार्टी र एउटै नेतृत्वको सरकार दुई वर्ष चल्दा त्यसलाई पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आएको बताएका छन।

‘लामो समयसम्म सात-आठ महिनामा सरकार फेरिइरहने विगतको अस्थिरतलाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार दुई वर्ष पूरा गर्दा पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’, उनले भने।

प्रधानमन्त्री ओलीले अहिले संसदलाई सम्बोधन गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया