मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला साफ च्याम्पियनसिप : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ ।

दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ । नेपालको लागि तुलनात्मक रुपमा सहज समूह परेको छ । सात टोलीको सहभागिता रहने च्याम्पियनसिपमा ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान छन् । समूसाफहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

महिला साफको अघिल्लो संस्करण पनि नेपालमै आयोजना भएको थियो । विराटनगरमा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । महिला साफका लागि नेपालले बन्द प्रशिक्षण र तयारी सुरु गरिसकेको छ ।

टोलीका मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा ५८ खेलाडी बोलाएर प्रशिक्षण सुरु गर्नुभएको छ । फाइनलमा भारतको सिकार बन्दै आएको नेपाललाई यसपटक काठमाडौंमा वदला लिने राम्रो मौका छ ।

प्रशिक्षणमा रहेका महिला खेलाडी :

गोलरक्षक : एन्जिला सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

रक्षक : अमृता जैशी, गीता राणा, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी रानामगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गङ्गा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे र मोनिका पुलामीमगर

मिडफिल्डर : सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी रानामगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का र सञ्जु कुमाल

स्ट्राइकर : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मिकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा र सदीपा भोलन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार