बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नवनियुक्त कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले सम्हालिन् पदभार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

केहि दिन अघिमात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन।

त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया