बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

बानेश्वरबाट प्रकाण्डका छोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्ग विश्वकर्माका छोरासहित पार्टीका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले प्रकाण्डपुत्र नरेन्द्र विश्वकर्मा र पार्टीका केन्द्रीय सदस्य प्रकाश बिकलाई सोमबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।

नरेन्द्र पार्टीको विद्यार्थी संगठनका कोषाध्यक्ष हुन् । पक्राउ परेका दुवैजनालाई अदालतबाट पाँच दिनको म्याथ थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय विप्लव समूहका नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया