मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मलेसियाका पूर्वप्रधानमन्त्री ६९ वर्षीय नजिब रजाक भ्रष्टाचार प्रकरणमा १२ वर्षका लागि जेल चलान भएका छन्। उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएको छ।

अदालतले उनलाई सन् २०२० जुलाईमा सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा दोषी ठहर गरेको थियो। नजिब पुनरावेदनपछि जमानतमा रिहा भएका थिए। उनले आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न माग गरेका थिए।

उनी विभिन्न सातवटा अभियोगमा दोषी देखिएका थिए। मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिंगिट रकम थियो। जुन एसआरसी इन्टरनेसनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो। एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो।

अदालतले उक्त प्रकरणमा १२ वर्ष जेल सजाय र २१ करोड रिंगिट जरिवाना सुनाएको थियो। उनका कानुन व्यवसायीले निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारका तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार