चैत्र १५, २०८० बिहिबार March 28, 2024

मोवाइलबाट डिएसएलआर क्यामेराको जस्तै फोटो कसरी खिच्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रत्येकको हात-हातमा मोवाइल फोन पक्कै पनि छ । हामी अहिलेको समयमा मोवाइल बिना रहनै सक्दैनौँ भन्दा फरक नपर्ला । मोवाइलबाटै फोटोहरु खिच्ने गर्छाै ।

फोटो खिच्नको लागि महंगो रकम तिरेर मोवाइल फोन किन्छौँ । अझ अहिले त सेल्फीको जमाना छ । त्यसैले होला मोवाइल कम्पनीहरुले पनि सेल्फी राम्रो आउने मोवाइल बनाइरहेका छन् ।

यसरी खिचेको सेल्फी मोवाइलबाटै इडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गर्छौ । यसरी पोष्ट गरेको फोटो धेरैलाई चित्त बुुझेको हुँदैन । सेल्फीमा राम्रो फोटो नआइदिँदा हामी हैरान भएका पनि होलाउँ ।

फोटो नराम्रो आउनुमा बिभिन्न कारण हुन सक्छन् । कसरी राम्रो फोटो मोवाइलबाट खिच्ने त ? जानिराखौँ राम्रो फोटो खिच्ने यो तरिका ।

१.फोटो खिच्ने पोजिसन

फोटो खिच्दा शरिरलाई तन्काउनु हुँदैन । शरिलाई जस्तो छ त्यस्तै अवस्थामा छोडेर पोज दिन सक्यो भने मात्र फोटो राम्रो आउँछ । यदि पोज दिने भनेर शरिरलाई यत्रतत्र तन्काउन थालियो भने फोटो नराम्रो आउँछ ।

२.स्थान छनोट

सेल्फी लिँदा सहि ठाउँ चुुन्नुपर्छ जसको कारणले फोटोलाई राम्रो बनाउँछ । सुन्दर बगैँचा, रमणीय ठाउँ,हिमाल, आदि ठाउँहरुमा फोटो खिच्दा राम्रो देखिन्छ । फोटो खिच्दै गर्दा आफू भन्दा पछाडिको भागलाई नियाल्नुपर्छ । किनभने कतिपय ठाउँमा सेल्फी लिँदै गर्दा ब्याक ग्राउण्ड सिनले फोटोलाई आकर्षक बनाउँछ ।

३.सेल्फी स्टिक

सेल्फीबाट फोटो राम्रो खिच्न मन छ भने सेल्फी स्टिकको प्रयोग अनिवार्य हुन्छ । जसको प्रयोगले ब्याकग्राउण्डको दृष्य सेल्फीमा कैद गर्न सकिन्छ । कतिपय फोटोहरु ब्याकग्राउण्डमा धेरै चमकदार देखिन्छन् ।

४.जुम नगर्ने

सेल्फी लिदाँ मोवाइलको क्यामेरालाई जुम गर्नु हुँदैन । जुम गर्दा फोटोको गुणस्तर कम हुन्छ र फोटोमा दाग आउँछ । फोनमा डिजिटल जुम भए पनि राम्रो फोटोको लागि राम्रो मानिदैन ।

६.मेकअप

सेल्फी लिने मानिसहरुले मेकअपमा पनि ध्यान दिनुपर्छ । मेकअप धेरै गर्नाले फोटो राम्रो देखिदैन । त्यसैले हेभी मेकअप सेल्फीका लागि राम्रो हुँदैन । साधारण मेकअप गरेको अवस्थामा सेल्फी खिच्दा राम्रो आउँछ ।

७.मोवाइलको लाईट

लाइटको उचित संयोजनले फोटो राम्रो आउँछ । सेल्फी लिँदा लाईटहरु मिलाएर खिचेको छ भने फोटो सुन्दर आउँछ । फ्रन्ट क्यामेरामा फ्लास लाईट थोरै हुन्छ । सोहि कारणले गर्दा वरपरको लाईटलाई विचार गरेर मात्र लाईटको संयोजन मिलाउनुपर्छ ।

८.क्यामेराको पोजिसन

फोटो खिच्दा जो कसैले पनि क्यामेराको पोजिसन मिलाउनु पर्छ । यदि पोजिसन नमिलेको खण्डमा फोटो नराम्रो आउने गर्छ । त्यसैले पहिलो प्राथमिकता क्यामेराको पोजिसनलाई ध्यान दिनुपर्छ । यदि फोटो राम्रोे चाहिएको छ भने क्यामेराको पोजिसन मिलाएर खिचेको खण्डमा फोटो एकदमै सुन्दर आउँछ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया