श्रावण २७, २०८३ बुधबार August 12, 2026

इन्टरनेट कम्पनीलाई मर्जरको बाटो खुल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अनुमति लिने तर सेवा सञ्चालन नगर्ने इन्टरनेट सेवा प्रदायकलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मर्जरको बाटो खोलिदिने भएको छ ।

बजारमा थोरै मात्र सेवा प्रदायकको बलियो उपस्थिति रहेको र धेरैले सेवा नै प्रदान गर्न नसकिरहेको अवस्थामा प्राधिकरणले अनुमतिपत्रको अधिकतम उपयोगका लागि यसको कानुनी समाधान सिर्जना गर्न लागेको हो ।

हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पारित गरेको चालू आर्थिक वर्षको प्राधिकरणको वार्षिक कार्यक्रममा मर्जर तथा एक आपसमा गाभिने प्रक्रिया समावेश गरिएको हो ।

वार्षिक कार्यक्रममा इन्टरनेट सेवा प्रदायकको ‘मर्जर तथा गाभिनेसम्बन्धी कार्य’ गर्ने उल्लेख छ । मन्त्रालयले नै प्रस्ताव गरेको यस कार्यक्रमअन्तर्गत प्राधिकरणले यस वर्ष परामर्शदाताबाट प्रारम्भिक अन्तिम प्रतिवेदन प्राप्त गर्नेछ ।

सोही प्रतिवेदनका आधारमा इन्टरनेट सेवा प्रदायकको मर्जर तथा एक आपसमा गाभिनेसम्बन्धी कानुनी प्रावधान निर्माण हुने प्राधिकरणको कार्यक्रममा उल्लेख छ ।

“अनुमति लिएर पनि खासै सञ्चालनमा नआएका सेवा प्रदायकलाई मर्जरमा जाने र एक आपसमा गाभिने सुविधाका लागि कानुनी आधार तय गर्ने योजना हो,” प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने ।

अनुमति लिनेको सङ्ख्या धेरै भएपछि मन्त्रालयको प्रस्तावका आधारमा कानुनी व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म १७४ वटा संस्थाले इन्टरनेट सेवा प्रदायकको अनुमति लिएका छन् । त्यसमध्ये ४५ वटाको अनुमति प्राधिकरणले खारेज गरिदिएको छ ।

खारेजीपछि अनुमति पाउनेको सङ्ख्या १२९ रहेको छ । त्यसमध्ये पनि ६० वटाले मात्र प्राधिकरणलाई नियमित तथ्याङ्क उपलब्ध गराइरहेका छन् । एक लाखभन्दा बढी ग्राहक भएका सेवा प्रदायकको सङ्ख्या सातवटा मात्र छ ।गोरखापत्रबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार