मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात : भुटान ४-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गर्नुभयो। खेलको १२ औं मिनेटमा नेपालका लागि सावित्राले पहिलो गोल गर्नुभएको थियो। पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको हो।

खेलको ६७ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। खेलको ७२ र ८४ मिनेटमा गोल गर्दै अनिताले भुटानविरुद्धको गोल अन्तर ४ शून्य गोल अन्तर बनाउनुभयो। नेपाली टिममा मंगलबारको खेलबाट दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यू गर्नुभएको छ। यो जितसँगै समूह बीमा रहेको नेपालले तीन अंक जोडेको छ। नेपालले समूह चरणको अर्को खेल भदौ २८ गते श्रीलंकासँग खेल्दैछ। उद्घाटन खेलको पहिलो हाफ वर्षाले प्रभावित भएको थियो।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार