कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी  साँझको आयोजना गर्ने भएका छन् ।

विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन् ।

चार दर्जनभन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत् बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन् ।

उनी गाएक मात्र नभई सारंगी वादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारंगीसँग चर्चित कार्यक्रम छायांकन सँगै आफू र सँगै आएका गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ । उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा विमला र हेमन्तले लाइभ दोहोरी गाएर सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए ।

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उद्देश्य भनेकै सारंगीको संरक्षण रहेको  बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
२०८३ कार्तिक १२, बिहिबार