कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

४५० करोड लगानीमा बनेको ‘पुष्पा-२’को लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘पुष्पा’को अपार सफलतापछि साउथका सुपरस्टार अल्लु अर्जुन विश्वब्यापी छाएका छन् । बक्स अफिसमा ‘पुष्पा’ ब्लकबस्टर सावित भएसँगै अभिनेता अल्लु अर्जुनको पारिश्रमिकदेखि स्टारडमसम्म भारी बृद्धि (हेभ्वी ग्रोथ) भएको छ । ‘पुष्पा’ फिल्मको लागि थोरै पारिश्रमिक लिएका अल्लु अर्जुनले ‘पुष्पा–२’को लागि १२५ करोड पारिश्रमिक लिएका बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार पुष्पा–२को लागि अल्लु अर्जुनलाई १२५ करोड पारिश्रमिक दिइएको छ । जानकारी अनुसार यो फिल्मको कुल बजेट ४५० करोड रहेको बताइएको छ । पुष्पा–२ को लागि १२५ करोड पारिश्रमिक लिएसँगै अल्लु अर्जुन तेस्रो हाइयेस्ट पेड इन्डिय अभिनेता बनेका छन् ।

योसँगै पारिश्रमिकको तुलनामा बलिउडका एक्शन किङ अक्षय कुमारलाईसमेत पछि पारेका छन् । त्यसोत, यस अगाडि अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसीकी भाई किसिकी जान’का लागि १२५ करोड पारिश्रमिक लिएका थिए । योसँगै पारिश्रमिक लिने कुरामा अल्लु अर्जुनले सलमान खानसँग बराबरी गरेका छन् ।

अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा–२’ अर्को वर्ष रिलिज हुने बताइएको छ । यो फिल्ममा अल्लु अर्जुनसँगै अभिनेत्री रश्मिका मन्दन्ना पनि मुख्य भूमिकामा देखिदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
२०८३ कार्तिक १२, बिहिबार