श्रावण १४, २०८३ बिहिबार July 30, 2026

मिथिलाञ्चलमा आजदेखि होली सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन आइपुग्दै छ। धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन आज महोत्तरीको भंगहा नगरपालिका-८ स्थित कञ्चनवन आइपुग्ने भएको हो।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख सञ्जीव साहले बताएका छन। तिर्थालुहरूलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने बताइएको छ।

तिर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताएका छन। त्रेतायुगमा सीता र भगवान् रामले रङ खेली होली मनाएको धार्मिक विश्वास छ।

यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताएका छन।
तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदामा सुरु हुने यो परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाका दिन सम्पन्न गरिने परम्परा छ। कञ्चनवनमा परिक्रमा यात्रीका लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने चलन छ। घरमा विभिन्न परिकार बनाएर परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार