श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान

पाकिस्तानले इरान र अमेरिका बीचको शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः द्धिपक्षिय वार्ता जारी रहेको अवस्थामा पाकिस्तानले अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने काम गरिरहेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी स्रोतले संयुक्त राज्य अमेरिका र इरान बीचको तनाव कम गर्न मद्दत गर्ने कूटनीतिक प्रयासहरू जारी राख्दै, दुबै पक्षहरूलाई इस्लामाबादमा फर्कन आग्रह गरेको जनाएको छ ।

हाल स्ट्रेट अफ होर्मुजको स्थिति सामान्य बनाउन र तनाव कम गर्न दुवै पक्ष बीच वार्ता जारी रहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले पत्रकारहरुसँगको साक्षतकारमा बताउनु भएको छ ।

पाकिस्तानले आफ्नो भावना र पाकिस्तान–कतारको संयुक्त वक्तव्य अनुरूप सबै अड़चनहरू हटाउन सकियोस भन्ने उदेश्यका साथ दुवै पक्षलाई इस्लामाबाद सम्झौता फिर्ता ल्याउन “सक्दो प्रयास“ गरिरहेको प्रवक्ता अन्द्राबीले बताउनु भएको छ ।

प्रवक्ताले अन्द्राबीले हालैका दिनहरूमा सापेक्ष शान्तिका बावजुद खाडीको सुरक्षा अवस्था “अनिश्चित“ रहेको र पाकिस्तानले वार्ता र कूटनीति नै एकमात्र व्यावहारिक मार्ग रहेको विषयमा विश्वास गरेको बताउनुभएको छ ।

पाकिस्तानले इरान र अमेरिका बीचको शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्ने प्रयासलाई स्वागत गरेको बताउदै उहाँले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न इस्लामाबादले आफ्नो भूमिका जारी राख्ने बताउनुभएको छ ।

हालै क्षेत्रीय शान्ति कायम गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र साउदी राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउद र लाल सागर र स्ट्रेट अफ होर्मुज हुँदै वैध समुद्री व्यापारको निर्बाध प्रवाह सुनिश्चित गर्न समन्वयमा काम गर्न सहमत भएको जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार