वैशाख ८, २०८१ शनिबार April 20, 2024

स्वास्थ्य क्षेत्रको हितका लागी आत्मदाह गर्न तयार हुनु सानो विषय होइन । – डा. केदारनरसिंह केसी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डा. गोविन्द केसीले धनगढीबाट २०औँ अनशन सुरु गर्नुभएको छ । उहाँ बारम्बार अनशन बस्न किन बाध्य भइरहनुभएको छ ? 

नेपालको स्वास्थ्य क्षेत्रका हरेक पाटोमा बेथिति छ । डा. गोविन्द केसी व्यक्ति मात्र नभई नेपाल चिकित्सक संघको नेतृत्व हुनुहुन्छ । सरकारले डा. केसीको मागबारे पटक–पटक सम्झौता गर्दै आएको छ, तर सम्बोधनमा पूर्णतया बेवास्ता गरिरहेको छ । स्वास्थ्य शिक्षा पनि महँगो, स्वास्थ्य सेवा पनि गरिब जनताको पहुँचमा छैन । नेपालको समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि गरिएका माग अक्षरशः पालना होऊन् भन्ने ध्येयले डा. केसी पटक–पटक अनशन बस्न बाध्य भइरहनुभएको छ ।

१९ पटकसम्म सहमति गरेको सरकारले डा. केसीका माग सम्बोधन नगर्नुको कारण के होला ?

सरकारका लागि आमरण अनशन मात्रै समस्या हो । अनशन बसेर गरिएका माग समस्या नै होइनन् । सम्झौताको मसी सुक्न नपाउँदै सरकारी पक्षले डा. केसीका माग बिर्सिसकेको हुन्छ ।

माग पूरा गराउन आमरण अनशन नै अन्तिम विकल्प हो त ?

कुनै पनि आमरण अनशन आन्दोलनको अन्तिम विकल्प हो । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सहज हुनुपर्छ भन्नका लागि आमरण अनशन बस्नुपर्ने स्थिति आउनु नै दुर्भाग्यपूर्ण छ । स्वास्थ्य क्षेत्रको हितका लागी आत्मदाह गर्न तयार हुनु सानो विषय होइन ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया