वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

नेपाल साफ महिला फुटबलको फाइनलमा प्रवेश – भारतको लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा  रश्मी कुमारी घिसिङले निर्णायक गोल गर्नुभयो।

पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गर्नुभएको गोल नै निर्णायक बनेको हो। नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ। भारत यसअघिका सबै संस्करणको विजेता हो।

भारत प्रतियोगिताबाट बाहिरिएसँगै अब साफले नयाँ महिला च्याम्पियन पाउनेछ। नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिष्पर्धा गर्दैछ। महिला साफमा भारतमाथि नेपालको यो ऐतिहासिक जित हो।

यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
२०८१ वैशाख २१, शुक्रबार
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
२०८१ वैशाख २१, शुक्रबार
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त
२०८१ वैशाख २१, शुक्रबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार