मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२/२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १-० ले स्तब्ध बन्यो ।

घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे । यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २-० ले पराजित गरेको थियो ।

यो हारसँगै बायर्नले शीर्ष स्थानका बोरुसिया डर्टमन्डको अंक दुरी कम गर्ने सुनौलो मौका गुमायो । बायर्नले लिगमा सात खेलबाट १२ अंक जोडेको छ । जुन शीर्ष स्थानका डर्टमन्डभन्दा तीन अंक पछि हो ।

लिगअन्तर्गत शनिबारै भएको खेलमा डर्टमन्डले साल्केलाई १-० ले पराजित गर्यो । डर्टमन्डको जितमा युसोउफा मोउकोकोले निर्णायक गोल गरे । जितसंगै डर्टमन्ड १५ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार