वैशाख २०, २०८१ बिहिबार May 2, 2024

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइनल पुगेका छन् । यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ ।

कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका एक सय ५६ खेलाडी सहभागी छन् । कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ । नवौँ राष्ट्रिय खेलकुद असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार