वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

साफ च्याम्पियनसिपमा बंगलादेशसामू नेपाल पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो ।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया