वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो ।

बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगितामा सोल्मा स्पोर्टस् क्लबका प्रकाश राई र पवन राईको जोडी दोस्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रवीण मुग्रातीको जोडीले तेस्रो प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोस्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एवं गाउँपालिकाका सूचना प्रविधि अधिकृत संगम खतिवडाले बताए । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समीर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस ब्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला डवल ब्याडमिन्टन प्रतियोगितामा आयोजना गरेको हो । प्रतियोगितामा २५ टिमको प्रतिस्पर्धा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार
पूर्वमन्त्री आलमसहित चारलाई जन्मकैद
२०८१ वैशाख १३, बिहिबार
विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध
२०८१ वैशाख १३, बिहिबार