चैत्र १६, २०८० शुक्रबार March 29, 2024

धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् । १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया