वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

‘सी’ डिभिजन लिग छनोट सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट आज बिहीबार देखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दुई खेल हुँदैछन् ।

 समूहचरण अन्तर्गतको उद्घाटन खेलमा मुसुरिया फुटबल एकेडेमी र प्रगति युथ क्लब दिउँसो सवा १२ बजे भिड्दैछन् । अर्को खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब दिउँसो साढे ३ बजे आमने सामने हुनेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी ६२ क्लबलाई २० समुहमा विभाजन गरेको छ ।

हरेक समूहको विजेताले नकआउट चरणमा स्थान पक्का गर्नेछ । नकआउट चरण पनि २ समूहमा विभाजन गरिएको छ । सो समूहका विजेताहरू सी डिभिजन लिगको लागि छनोट हुनुको साथै फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने मंसिर १ गते हुनेछ । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया