बैसाख २२, २०८३ मंगलबार May 5, 2026

जोखिम मोलेर कसैले अनियमितता गर्छ भने आयोगले मुद्दा दायर गर्छ । – श्याम प्रसाद भण्डारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्थानीय तहमा भ्रष्टाचारका उजुरी  किन बढिरहेका छन् ? 

संघबाट जाने र आन्तरिक स्रोतसमेत गर्दा स्थानीय तहमा ठूलो बजेट छ । स्थानीय तह आफैँ सरकार भएकाले यी स्रोत परिचालन गर्छ । स्रोतको उपलब्धता र खर्चको अधिकार भएपछि अनियमितताको जोखिम बढी हुने नै भयो । सबैभन्दा नजिकको सरकार भएकाले त्यहाँ नागरिकको प्रत्यक्ष निगरानी हुन्छ । यसले उजुरी बढायो, उजुरीले मुद्दा ।

स्थानीय तहका कस्ता खालका कमजोरी देखिन्छन् ? 

कतिपय स्थानीय तहले अझै पनि आवश्यक कानुन र मापदण्ड निर्माण गरिसकेका छैनन् । स्थानीय तह आफैँले बनाउनुपर्ने कानुनसमेत नबनाएको तथा संघीय कानुनको परिपालनामा पनि उस्तै कमजोरी छ । राजस्व र खर्चको पारदर्शिता तथा कामको गुणस्तरमाथि पनि थुप्रै समस्या देखिएका छन् ।

 यस्तो अनियमितताको कसरी सुधार गर्न सकिन्छ ? 

जनप्रतिनिधि र कर्मचारीले निर्णय गर्दा कानुन, निर्दिष्ट क्षेत्राधिकार, प्रक्रिया, जिम्मेवारी र जवाफदेहितामा ध्यान दिनु आवश्यक छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने संवैधानिक जिम्मेवारी आयोगको हो । यसका लागि आयोगले निरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक र संस्थागत क्षमता विकासको चारवटा रणनीतिमार्फत कार्य गर्दै आएको छ । यति गर्दा पनि जोखिम मोलेर कसैले अनियमितता गर्छ भने आयोगले त्यसको छानबिन तथा अनुसन्धान गरेर मुद्दा दायर गर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार