श्रावण २८, २०८३ बिहिबार August 13, 2026

टेलिकमको दशैँ अफर: २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो ।

डाटा प्याक अन्तर्गत  २ सय ९४  रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएकाे छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ ।  २ सय रुपैयाँ देखि  ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टेसेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय  मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने तथा नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार