मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

जापानका पूर्वप्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज (मंगलबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ ।

वौद्ध परम्परा अनुसार गरिने आबेको अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष र १ सय बढी देशका प्रतिनिधिहरु सहभागी हुने भएका हुन् । सोही अन्त्येष्टिमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत जापान पुगेका छन् । आबेको अन्त्येष्टि कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ ।

जापानका हजारौं सर्वसाधारण आबेको अन्त्येष्टिमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ । गत जुलाई ८ तारिखमा जापानको पश्चिमी शहर नारामा चुनावी सभाका क्रममा एक ब्यक्तिले आबेमाथि गोली प्रहार गरी हत्या गरेका थिए । सन् २०१२ देखि २०२० सम्म आबे जापानको प्रधानमन्त्री थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार