वैशाख १२, २०८१ बुधबार April 24, 2024

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा पाकिस्तानले ३–२ को अग्रता बनाएको छ । यसअघि दोस्रो र चौथो खेलमा पाकिस्तान विजयी भएको थियो ।

पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटाैँ खेल भोलि शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आइतवार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया