वैशाख ४, २०८१ मंगलबार April 16, 2024

दक्षिण अफ्रिकामाथि भारतको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका ओपनर केएल राहुलले अविजित ५१ र सुर्यकुमार यादवले अविजित ५० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया