वैशाख ८, २०८१ शनिबार April 20, 2024

भारतमा आईफोन १४ उत्पादन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया