वैशाख ८, २०८१ शनिबार April 20, 2024

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तेष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया