चैत्र १६, २०८० शुक्रबार March 29, 2024

जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले शुक्रबार संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । जापानको समुद्री आत्मरक्षा बल (एमएसडीएफ)ले बिहीबार सो जानकारी दिएको हो ।

पनडुब्बीविरोधी गतिविधिलगायतका अन्य सैन्य अभ्यसा जापानको सागरमा हुनेछ, जसलाई दक्षिण कोरियाले पूर्वी सागर भन्छ ।

यसैबीच, अमेरिकी उपराष्ट्र कमला ह्यारिस दक्षिण कोरिया जाँदैछिन् । भ्रमणका क्रममा उनी दुई कोरियालाई छुट्टाउने गैरसैनिक क्षेत्रको अवलोकन गर्नेछिन् । सो अवसरमा उनले उत्तर कोरियाको आणविक परीक्षणको निन्दा गर्ने अनुमान गरिएको छ । पछिल्ला समयमा उत्तर कोरियाले शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरेको छ जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

उत्तरका आणविक परीक्षणलाई लिएर विभिन्न देशहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया