वैशाख ८, २०८१ शनिबार April 20, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको इस्लामावादको एक स्थानीय अदालतले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बीबीसी उर्दू समाचारका अनुसार महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध यो गिरफ्तारी वारेन्ट जारी गरिएको हो ।

पूर्व प्रधानमन्त्री खानलाई अगस्त २०, २०२२ मा आयोजित एक र्‍यालीमा पुलिस (आईजी) र न्यायपालिका (महिला न्यायाधीश) लाई ‘धम्की’ गरेको आरोप लगाइएको थियो र त्यसपछि उनको विरुद्ध एफआईआर दर्ता गरिएको थियो।

इमरान खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । तर, यस मुद्दाको सुनुवाइका क्रममा अदालतले यस मुद्दाबाट आतंकवाद विरोधी प्रावधान भने हटाएको थियो । मुद्दामा अन्य प्रावधानहरू राखिएको थियो, जस अन्तर्गत अदालतले पक्राउ पुर्जी जारी गरेको हो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया