वैशाख ४, २०८१ मंगलबार April 16, 2024

युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्त गाभ्नु अन्तर्राष्ट्रिय कानुनको “गम्भीर उल्लङ्घन” भएको  भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताका लागि आह्वान गरेको छ ।

सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेपछि अङ्काराले रुसले सन् २०१४ मा गाभेको क्रिमियालाई मान्यता नदिएको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीले २०१४ मा एक अवैध जनमत सङ्ग्रहका नाममा रुसले क्रिमिया गाभेको भए पनि टर्कीले मान्यता नदिएको र हरेक अवसरमा युक्रेनको क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो समर्थनमा जोड दिएको टर्कीको दाबी छ ।

टर्कीले युक्रेनका केही भाग हिजो मात्र रुसले गाभेको दाबीलाई अन्तर्राष्ट्रिय कानुनको स्थापित सिद्धान्तविपरीत रहेको जनाएको छ । नेटो सदस्य टर्कीले सात महिनाको द्वन्द्वमा तटस्थ रहन प्रयास गरेको छ र रुसविरुद्ध पश्चिमी प्रतिबन्धमा सामेल हुनबाट जोगिएको छ ।

टर्की रुसी तेल र ग्यासमा निर्भर छ जब कि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान मस्कोसँग व्यापार बढाउन इच्छुक हुनुहुन्छ किनभने उहाँले अर्को जुनमा हुने चुनाव अघि खस्किएको अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास गरिरहनुभएको छ ।

एर्दोगानले गत महिना उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो । टर्कीले संयुक्त राज्य अमेरिकाबाट बारम्बार चेतावनी प्राप्त गरेपछि रुसको मिर भुक्तानी प्रणाली प्रयोग गरी गरिएको प्रशोधन लेनदेन बन्द गर्ने कि नगर्ने भनेर विचार गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया