चैत्र १६, २०८० शुक्रबार March 29, 2024

पिएसजीको अपराजित यात्रा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फ्रेञ्च लिग वान अन्तर्गत भएको आठौं चरणको खेलमा पेरिस सेण्ट जर्मेन पिएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आफ्नो घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा पिएसजीले नाइसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको २८ औं मिनेटमा फरवार्ड लियोनल मेशीले फ्रिकिक मार्फत् पहिलो गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४७ औं मिनेटमा सेण्ट्रल स्ट्राइकार गाइटन लाबोल्र्डेले गोल फर्काउदै नाइसलाई बराबरीमा ल्याएका थिए । खेलको अनत्यतिर ८३ औं मिनेटमा सेण्ट्रल फरवार्ड किलियन एम्बाप्पेले नोर्डी पासमा गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् ।

यो जितसँगै पिएसजी आफ्नो ९ खेलमा ८ मा जित र एकमा बराबरी खेल्दै २५ अंक सहित शीर्ष स्थानमा कायमै रहेको छ । नाइस भने ८ अंक सहित १३ औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया